समाचार

अबिरल बर्षाका कारण उपत्यकाको करिडोरहरुमा प्रहरीको गस्ती

२२ असार, काठमाडौँ । अबिरल बर्षाका कारण उपत्यकाको खोलाहरुमा पानीको सतह बढे पछि करिडोरहरुमा प्रहरीको गस्ती थालिएको छ ।

बागमती , बिष्णुमती, मनहरा, हनुमन्ते लगायत सबै खोलाको करिडोरहरुमा प्रहरीको गस्ती थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यलयमा प्रवक्ता एवम् बरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनले भने “यो घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सुचना प्राप्त हुने बित्तिकै परिचालन हुन्छन् ।”