समाचार

प्रधानमन्त्री ओली स्वागत समारोहमा सहभागी

१० असोज, न्युयोर्क । अमेरिका संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेका स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी छन् ।