पु.समाचार

डा कोईरालाल रवि लामिछाने र रास्वपालाई संकेत गर्दै भने, ‘अदालतले गरेको निर्णयमा आन्दोलन गर्नु गलत’

४ असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले रास्वपालाई लक्षित गर्दै अहिले मात्रै पूर्व गृहमन्त्री पक्राउ नपरेको पहिले पनि धेरै नेताहरू पक्राउ परिसकेको टिप्पणी गरेका छन् ।

आज विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले अदालती प्रक्रियामा रहेको विषयमा आन्दोलन गर्नु उचित नभएको दाबी गरेका हुन् ।

उनले भने, ‘हामी कानुनी राज्यलाई मान्ने पार्टी भएकाले हाम्रा नेताहरू फौजदारी आरोपमा पक्राउ पर्दा कांग्रेसले यसरी सडकमा प्रदर्शन गरेन,अदालतमा पुगेको मुद्दामा अदालतले आदेश-फैसला गर्ने हो त्यसलाई कानुनी राज्य मान्ने जो–कोहीले पनि मान्नु पर्छ।’

डा कोईरालाले रवि लामिछाने र रास्वपालाई संकेत गर्दै साँकेतिक रुपमा भने, ‘अदालतले गरेको निर्णयमा आन्दोलन गर्नु गलत हाे, सरासर गलत हाे नेता कार्यकर्ताले विवेकपूर्ण निर्णय गर्न जरुरी छ ।’