अन्तर्राष्ट्रिय

इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन राष्ट्रसङ्घ समक्ष आह्वान

२१ कात्तिक, कायरो । इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौं देशहरूको समर्थनमा संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायलमाथि हतियार प्रतिवन्धको आवाह्न गरिएको छ ।

पछिल्लो समयमा लेबनानमा हेजबुल्लाहविरुद्धको चरम युद्ध भइरहेको अवस्थामा यस्तो आह्वान आएको हो ।

इजिप्टको विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मानवीय कानूनको निरन्तर उल्लङ्घन रोक्न इजरायललाई दबाब दिने अन्तर्राष्ट्रिय प्रयासको एक हिस्साको रूपमा यस्तो आह्वानमा सामेल भएको जनाएको छ ।

आर्यान्वयनले प्यालेस्टिनीविरुद्धको ‘इजरायली दमन रोक्ने र नागरिकहरूको सुरक्षा गर्ने लक्ष्य राखेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अङ्काराले इजरायललाई हतियार आपूर्ति रोक्न आह्वान गर्दै ५२ देशहरूले हस्ताक्षर गरेको पत्र पेस गरेपछि राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले सोमबार टर्कीलाई ‘यड्यन्त्र’ गरेको आरोप लगाएका छन्।

इजिप्ट सन् १९९७ मा इजरायलसँग शान्ति सन्धिमा हस्ताक्षर गर्ने पहिलो अरब देश थियो भने सन् १९९४ हस्ताक्षर गर्दै शान्ति सन्धिमा सहमति जनाउने जोर्डन दोस्रो अरब मुलुक बनेको थियो ।