१६ मङ्सिर, काठमाडौँ । सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि चितवन लगिएको छ । कास्की प्रहरीको हिरासतमा रहेका छविलाई हवाई मार्गबाट चितवन लगिएको हो ।
साहारा सहकारीको रकम अपचलनमा समेत जोशी मुछिएपछि उनलाई बयानका लागि चितवन लगिएको प्रहरीले जनाएको छ।
काठमाडौंस्थित गोर्खा मिडिया नेट्वर्कको ग्यालेक्सी टेलिभिजनका सञ्चालसमेत रहेका जोशीसँगै रामबहादुर खनाललाई पनि चिवतन लगिएको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई गत ९ कात्तिकमा पक्राउ गरेको थियो ।





