समाचार

सहकारी ठगीको मुख्य नाईके जीबी राईको राहदानी रद्द गर्न जिल्ला अदालतको आदेश

४ माघ,  काठमाडौं । सहकारी ठगीको आरोपमा फरार रहेका जीबी राईको राहदानी रद्द गर्न अदालतले अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न अनुमति दिएको हो ।

अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। केही अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको र केही प्रतिवादी धरौटीमा रिहा भएको भएपनि पीडितले न्याय नपाएको भन्दै सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालतमा निवेदन दर्ता गराएको थियो । त्यसैका आधारमा जीबीको राहदानी रद्द गर्न लेखी पठाउने आदेश भएको हो ।