समाचार

सांसद साहको ८ प्रश्नमा जवाफ नै नदिएर किन धन्यावाद मात्रै दिए प्रधानमन्त्रीले?(प्रश्न सहित)

४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा सहभागी सांसद प्रभु साहको प्रश्नको जवाफ नै नदिएर रिसाएका छन्। आम जनता पार्टीका अध्यक्ष समेत रहेका सांसद साहले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रूपमा सोधे पनि जवाफ नदिएर धन्यवाद फर्काएका हुन्। 

प्रधानमन्त्री ओलीलाई सांसद साहको प्रश्न चित्त नबुझेकाले  रोष्ट्रमबाटै सांसद आक्रोश व्यक्त गर्दै भने, ‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदी अपमानजनक पनि छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा के म मेनपावरको मान्छे हुँ ?’ 

प्रधानमन्त्रीको जवाफमा सांसद साहले माइक समातेर प्रतिवाद गर्न खोजेका थिए तर उनलाई सभामुखले बोल्ने समय नै दिएनन् ।

प्रधानमन्त्री ओलीलाई अन्य थुप्रै प्रश्नहरू सोधिएको भए पनि जवाफ दिएनन् ।उनले माननीयजीले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन मैले धेरै जवाफ दिइरहनु परेन । यहाँलाई धन्यवाद छ  भन्दै रोष्ट्रमबाट ओर्लिए।