११ फागुन, काठमाडौँ । यातायात व्यवस्था विभागले ठूला प्राविधिक परियोजनाहरूका लागि प्राप्त प्राविधिक तथा आर्थिक प्रस्तावहरूको मूल्यांकन प्रक्रिया अघि बढाएको छ। विभागको बिज्ञप्ति अनुसार, “डार्क फाइबर र ईन्टरनेट सेवाहरूको खरीद, स्थापन, कन्फिगरेसन तथा परिक्षण” सम्बन्धी बोलपत्र प्रस्तावहरू खोल्ने कार्यक्रम तय गरेको छ।
यस परियोजनाका लागि प्राप्त प्राविधिक प्रस्तावहरूको मूल्यांकन तथा आर्थिक प्रस्ताव खोल्ने कार्य २०७९/११/१९ गते बिहान ४:०० बजे, यातायात व्यवस्था विभाग, काठमाडौंमा सम्पन्न गर्ने भएको छ।






