१९ फागुन, काठमाडौँ ।पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ।
उनलाई हृदयघात भएपछि हिजो साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको बताइएको छ।
हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको र अस्पतालले सबै ठिक रहेको जनाएको निर्मल निवास स्रोतले जनाएको छ।
शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।
पूर्व युवराज शाहलाई डेढ बर्ष अघि पनि हृदयघात कै कारण अस्पताल भर्ना गरिएको थियो।





