समाचार

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतद्वारा बालेन निकट नगर प्रहरी प्रमुख पाण्डे निलम्बन

 २० जेठ ,काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले  नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरेका छन्।  उनले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको बताइएको छ। 

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको विषयमा पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाही गरेका हुन्।

पाण्डेले गुरागाईँलाई  महानगर प्रहरीको बलमा कार्यालय प्रवेशमा रोक लगाएका थिए।  सोही विषयमा पाण्डे कारबाहीमा परेका हुन्। मेयर बालेन निकट मानिने पाण्डे अन्तत: निलम्बनकाे कारबाहीमा परेका छन् ।