समाचार

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा नआउन प्रधानमन्त्री ओलीकाे आग्रह

५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नका लागि विद्यादेवी भण्डारी आइतबार एमालेको पार्टी कार्यालय च्यासलमा पुगेकी थिइन् ।

भण्डारी च्यासलमा आइतबार दोस्रो पटक पुगेकी हुन् । यसअघि भण्डारी संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र निम्वाङको श्रद्धाञ्जली सभाको सभामा पहिलो पटक च्यासलमा पुगेकी थिइन् । तर भण्डारी राजनीतिक प्रयोजनका लागि भने पहिलो पटक च्यासलमा पुगेकी हुन् ।

सोही भेटवार्तालाई राजनीतिक रुपमा नै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली र भण्डारीबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । पूर्वराष्ट्रपतिले राजनीतिमा आउँदा राम्रो सन्देश नजाने भएका कारण सम्मान लिएर बस्न भण्डारीलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए । तर पूर्वराष्ट्रपति भण्डारीले भने आफू धेरै अगाडि बढिसकेको बताएकी थिइन । उनले सदस्यता नवीकरण यस पटकको मात्रै कुरा नभएर पोहोरै भइसकेको भइसकेको समेत जिकिर गरेकी थिइन । उनले थप प्रधानमन्त्री ओलीसँग धेरै पटक कुरा पनि भएको समेत जानकारी गराएकी हुन् ।

तर, अहिले सदस्यता नवीकरणको कुरा उठाएर मुद्दा विषयान्तर गरिनु उचित नहुने पनि भण्डारीको तर्क थियो । अगाडि बढेर भण्डारीले अब च्यासलमा आफू नियमित आउने पनि जानकारी गराएकी छन् । एमालेको पार्टी कार्यालय च्यासलमा नियमित आउने सन्दर्भमा भने प्रधानमन्त्री ओलीले स्वागत गरिने बताएका थिए ।

तर, अहिले सदस्यता नवीकरणको कुरा उठाएर मुद्दा विषयान्तर गरिनु ठीक नहुने पनि भण्डारीले बताएकी थिइन् । अगाडि बढेर भण्डारीले अब च्यासलमा आफू नियमित आउने पनि जानकारी दिएकी थिइन् । च्यासल नियमित आउने सन्दर्भमा भने ओलीले स्वागत गरिने बताएका थिए ।

भेटवार्तापछि प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापा लगायत नेतासँग सामूहिक रुपमा बसेर खिचेको तस्बिर समेत सार्वजनिक भएको छ ।नेताहरूसँग सामूहिक र प्रधानमन्त्री ओली–पूर्वराष्ट्रपति भण्डारीको तस्बिर राखेर कतिपय एमालेका नेताहरूले ‘एकताको सन्देश’ भनेर समेत दावी गरिरहेका छन् ।