समाचार

६ करोड बढी ठगी गरेको आरोपमा लगानी कर्ता अग्रवाल पक्राउ

५ साउन, काठमाडौं । काठमाडौं टाेखाबाट सेयर लगानी कर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेकाे छ।

अग्रवाललाई ६ करोड ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा साेमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । ठगी र विश्वास घातको कसूरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएकाे प्रहरीले बताएकाे हाे । अग्रवालविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको हो ।