१० साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति शोक व्यक्त गरेको छ ।
पूर्वप्रमुख गुरुङको शनिबार बिहान पौने ९ बजे ७६ वर्षको उमेरमा निधकांग्रेसले शनिबार एक बक्तव्य जारी गर्दै गुरुङको पार्थिप शरिरलाई आइतबार बिहान ११ बजेर १५ मिनेटमा उनकै निवास भरतपुर महानगरपालिका २६ दिव्यनगरबाट पवित्र तीर्थस्थल देवघाटधाममा लगेर अन्त्येष्टि गरिने जनाएको छ । स्वर्गीय गुरुङले लामो समयसम्म कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै, कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्– ‘स्वर्गीय गुरुङले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’





