सामाजिक सञ्जाल

चीन गएका प्रधानमन्त्रीलाई बालेनको सुझाव: कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हुन् भनेर भन्नुस्

१४ भदौ, काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ भन्ने कुरा चीनमा भएको भेटमा सम्झाउन आग्रह गरेका छन् । 

उनले ट्विट गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हुन भनेर सम्झाउन भनेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओली आज चीन प्रस्थान गरिसकेका छन् । 

उनको ट्वीट 

चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू ।

नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।

ब्िि तजभ दभकत हामीलाई तपाईँ माथि पूर्ण विश्वास छ ।