समाचार

कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड राख्ने कुरा समितिबाट पारित

१४ भदौ, काठमाडौँ । विधायन समितिको बैठकले कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड राख्ने सहमति गरेको छ । 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले बहुचर्चित र बहु विवादास्पद कुलिङ पिरियडलाई सदर गर्ने निर्णय गरेको छ । 

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड राखेको विषयलाई हटाएको भन्ने आरोप लागेपछि सभापतिबाट राजीनामा दिनुपरेको थियो । 

अहिले राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने आइसकेकी छन् । शनिवारको बैठकपछि सभापति तुलसी कुमारी दाहालले उक्त कुलिङ पिरियड रहने सहमति भएको कुरा पुष्टि गरिन् ।