समाचार

प्रधानमन्त्री ओली रेल चढेर पुगे बेइजिङ

१७ भदौ, बेइजिङ (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ आइपुगेका छन् ।

प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुगेका हुन् । त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।
प्रधानमन्त्री ओली नेपाल्ी प्रतिनिधि मण्डलका साथमा रेल चढेर बेईजिङ गएका हुन् ।