२४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछाडि सरेको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए ।
उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने भएको छ । यसअघि बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि अन्य ठाउँमा बैठक बस्ने उनले जानकारी दिए । आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्ने जनाइएको छ । जेनजी आन्दोलनपछि एमालेले केन्द्रीय कमिटी बैठक डाकेको छ ।





