२९ असोज, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यसमितिमा बहुमत थियो र छँदैछ तर दिनुभयो कार्यवाहक र जानूभयो हामी सबैलाई ‘आगामी यात्राको परिक्षा’ सुम्पिएर भन्दै सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘‘प्रदर्शनको जायज मागलाई सम्बोधन गरिनुपर्छ’’, आफैं भौतिक आक्रमणमा परेर पनि कुनै आवेग बेगर हार्दिक रूपमा यी शब्द लिखितम् सहित बोल्नुभयो उहाँले आग्रह गर्नुभयो, ‘व्यक्तिगत या समुहगत मतभेदभन्दा माथी उठेर अबको बाटो पहिल्याइनुपर्छ’ ! कार्यसमितिमा बहुमत थियो र छँदैछ तर दिनुभयो कार्यवाहक र जानूभयो हामी सबैलाई ‘आगामी यात्राको परिक्षा’ सुम्पिएर !!!’’
उनको भनाईः
‘‘प्रदर्शनको जायज मागलाई सम्बोधन गरिनुपर्छ’’, आफैं भौतिक आक्रमणमा परेर पनि कुनै आवेग बेगर हार्दिक रूपमा यी शब्द लिखितम् सहित बोल्नुभयो उहाँले आग्रह गर्नुभयो, ‘व्यक्तिगत या समुहगत मतभेदभन्दा माथी उठेर अबको बाटो पहिल्याइनुपर्छ’ ! कार्यसमितिमा बहुमत थियो र छँदैछ तर दिनुभयो कार्यवाहक र जानूभयो हामी सबैलाई ‘आगामी यात्राको परिक्षा’ सुम्पिएर !
समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान !
यो कर्मको मर्म आत्मसात गर्दै अब नयाँ ढंगले जुट्नुछ! ‘इतिहासमा आर्जित विश्वसनीयता पुनःपुष्टि गर्ने’ दायित्व अब संयम र एकतासाथ ‘मध्यमार्गी’ सोचले सम्हाल्ने परिपक्वता हामीले राख्नुछ ! जय नेपाल !






