सामाजिक सञ्जाल

बालेनको आरोपः एमालेको काँग्रेसले र काँग्रेसको एमालेले घर जलाए, अरुलाई लुसिफरको आरोप लगाए

५ कात्तिक, काठमाडौं । काठमडौंका मेयर बालेन शाहले काँग्रेसको घर एमालेले जलाएके र एमालेको घर काँग्रेसले जलाएका बेला लुसिफर भनेर अरुलाई आरोप लगाएकोमा कडा बिरोध जनाएका छन् ।
उनले सामाजिक संजालमा लेख्दै, ‘चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’ भनेर कडा प्रश्न गरेका छन् ।
केही पछि राजनीतिक स्टाटस् लेखेका उनले बालेन शाहले, ‘‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन, यो देश विदेशीले बिगार्यो, पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ’’ भनेका छन् । पछिल्ला दिनहरुमा काठमडौंका मेयर बालेन शाहलाई लुसिफरको आरोप दिईरहेका बेला उनले आक्रोशित हुँदै कडा कटाक्ष गरेका हुन् ।

उनको स्टाटस्ः

तुइन र काठको पूल बनाउने नेताहरु भन्छन,
यो देश विदेशीले बिगार्यो,
पाउनलाई तिमीहरुको घर धाउनु पर्छ,
अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ,
काङ्रेसले एमालेको जलाउछ, दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?