समाचार

मन्त्री परिषद बैठक: अपरान्ह जेएनजी र दलहरुको बैठकको तयारीलगायतमा छलफल

१२ कात्तिक, काठमाडौं । शुसीला कार्की मन्त्रीपरिषदको बैठक सिंहदरबारमा बसिरहेको छ ।
केहीबेरअगाडीदेखी बसेको बैठकमा उर्जा मन्त्री कुलमान घिसिङ बाहिर गएका कारण उपस्थित छैनन् ।
स्वास्थ्य र खेलकुद मन्त्रीहरु थपीएपछि प्रधानमन्त्ती कार्कीले मन्त्री परिषद बैठक राखेको यो पहिलो हो ।
आज सर्बोच्च अदालतमा संसद पुनस्थापनाको बिषयमा इजलासमा बेला छलफल भईरहेका बेला बसेको यो बैठक महत्वपूर्ण रहेको छ ।
आजै अपरान्ह ४ बजे प्रधानमन्त्री कार्कीले जेएनजी प्रतिनिधि र दलहरुको बैठक राखेकी छन् ।