१४ कात्तिक, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बीपी राजमार्ग काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदोले पूर्णरुपमा ठप्प भएको छ। चौकीडाँडा, चारसयबेसी, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेसी र विरुवाडाँडा मार्गमा सवारी आवागमन अवरुद्ध छ।
प्रहरीका अनुसार पहिरो पन्छाउने प्रयास भइरहे पनि लगातार पहिरो खस्ने र वर्षाका कारण जोखिम बढेको छ। पूर्वतर्फ जाने यात्रुहरू भकुन्डेमा रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले सुरक्षित यात्रा गर्न पूर्व जानकारी लिएर मात्र सडक प्रयोग गर्न आग्रह गरेका छन्।





