सामाजिक सञ्जाल

असभ्य शब्दमा सामाजिक सञ्जालमा गाली गरेपछि काठमाडौंका मेयर बालेन शाह समर्थकहरूबाटै आलोचित 

१६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिका, चीन, भारत र नेपालका जिम्मेवार राजनीतिक दलहरूलाई असभ्य प्रकारको लागि गरेका छन् । 

उनले स्टाट्स/ ट्विट लेख्दै आज मध्यरातमा उक्त गैर कानुनी, परम्परा बिरोधी, अनैतिक प्रकारको गाली गरेका हुन् । 

केही बेर राखेका बालेनले हजारौँको संख्या सामाजिक सञ्जालमा गाली आउन थालेपछि उक्त सामाजिक सञ्जालमा राखेको ट्विट/ स्ट्याटस हटाएका वा लुकाएका छन्, उनको सामाजिक सञ्जालमा देखिँदैन । 

सिंहदरबार जलाउँछु भनेर स्ट्याटस लेखेर आलोचना कमाउन थालेका उनले अहिले उक्त असभ्य स्ट्याटस लेखेपछि बालेनका समर्थकहरुले समेत उनको व्यापक विरोध गर्न थालेका छन् । 

काँग्रेस, एमालेलगायतलाई गाली गरिरहेका भए पनि यस पटक भारत, अमेरिका र चीन लगायत नेपालसँग शताब्दी कालदेखि कूटनीतिक सम्बन्ध भएका मुलुकहरुलाई समेत असभ्य शब्दले गाली गरेको देखिन्छ ।