कार्तिक १८, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भन्ने समाचारहरू असत्य भएको बताएका छन्। सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा फैलिएका “राजीनामा दिने तयारी” सम्बन्धी खबरप्रति ध्यानाकर्षण भएको बताउँदै उनले उक्त समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्।
पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै सत्यता नभएको र जेन(जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको सरकार जनताको आशा र विश्वासमा पुर्ण रुपमा प्रतिबद्ध रहेको समेत बताएका छन् ।
सामाजिक सञ्जालमा लेखेका छन्, “विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिएको भन्दै प्रसारित समाचारहरूले मेरो ध्यानाकर्षण गरेको छ । यस सम्बन्धमा म स्पष्ट पार्न चाहन्छु कि म पदबाट राजीनामा दिने कुनै प्रक्रिया वा तयारीमा छैन । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।”
उनले हाल तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न निरन्तर क्रियाशील रहेको बताएका छन्।






