१८ कात्तिक, काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणाको गेट अगाडि गोली चलेको छ। गोली लागेर होटलका एक सुरक्षागार्ड सामान्य घाइते भएका छन्।
घटनामा संलग्न समूहको पहिचान अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोली चलाउने समूह फरार रहेको र खोजी भइरहेको छ।
रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिए अनुसार, गएराति होटलको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो। विवाद गरिरहेका समूहहरू गेटतिर आएपछि घटनास्थलमा गोली चलाइएको हो।
एसपी क्षेत्रीका अनुसार गोली चलाउने तीन जना फरार छन् र उनीहरूको खोजी तथा सोधपुछ जारी छ। क्यासिनोमा रहेका केही व्यक्तिहरूबाट थप विवरण संकलन भइरहेको छ।





