१९ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नयाँ बसपार्कमा पुगे र त्यहाँ सञ्चालनमा ल्याइएको निस्शुल्क इन्टरनेट (फ्रि वाईफाई) सेवाको अवलोकन गरेका छन् । बुधबार गंगबुस्थित नयाँ बसपार्क पुगेका मन्त्री खरेलले सेवाको कार्यान्वयन अवस्था र प्रवाहको अवस्था बारे जानकारी लिएका हुन् ।
मन्त्री खरेलले गत ६ असोजमा मन्त्री नियुक्त भएपछि पहिलो निर्णयका रूपमा पाँच महिनाभित्र देशका प्रमुख १० सहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका थिए । उक्त निर्णय अनुसार काठमाडौं बाहेक अन्य प्रमुख सहरहरूमा पनि सो सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार देशका विभिन्न सहरका सार्वजनिक स्थलमा इन्टरनेट सेवा सुचारु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ ।





