२३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश आर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील रहेको बताएका छन्। गृह मन्त्रालय संवेदनशील हुने भएकाले कतिपय कामहरू सार्वजनिक गर्न नसकिने उनले स्पष्ट पारेका हुन्।
मन्त्री आर्यालले भने, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।”
कार्यकालको अन्त्यमा जनतालाई धैर्यका लागि धन्यवाद दिने बताउँदै सरकारले सुशासन र जवाफदेहिताको बाटोमा दृढतापूर्वक अघि बढिरहेको आर्यालले स्पष्ट पारे। गृहमन्त्री आर्यालका अनुसार सरकारले चरणैचरण सुशासनको मार्गमा हिँड्दै निष्पक्ष निर्वाचनमार्फत देशलाई राजनीतिक स्थायित्वतर्फ डोर्याउने जिम्मेवारी पूरा गर्नेछ।






