सामाजिक सञ्जाल

डा चन्द्र भण्डारीको खुलासाः याे त कास्टिड–मात्र हो

३ मंसिर, काठमाडों । नेपाली काँग्रेसका नेता डा चन्द्र भण्डारीले सिमरा घटना त कास्टिड–मात्र हो भन्दै आपत्ती जनाएका छन् ।

उनले आज नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत एवं महासचिव शंकर पोख्रेलको कार्यक्रम अबरोध भएको बिषयमा टिप्पणी गर्दै, ‘हाम्रो पार्टी भित्र पनि चुनाव, चुनाव भन्दै बुरुक–बुरुक गर्ने साथीहरू भेटिनुहुन्छ ! मानौँ देशमा भएको कहाली लाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छ जस्तो गरी !’ भनेका छन् ।

उनको टेवीटः
सिमरा घटना त कास्टिड–मात्र हो !!!
हाम्रो पार्टी भित्र पनि चुनाव, चुनाव भन्दै बुरुक–बुरुक गर्ने साथीहरू भेटिनुहुन्छ ! मानौँ देशमा भएको कहाली लाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छ जस्तो गरी!
( तर्क अदृश्य।
(मित्र थाकी सके !
(विकल्पको खोजिमा छन् !
भोटो फटालेको उदाहरणले अहिले कामै गर्दैन।
सिमरा घटना त कास्टिड–मात्र हो !!!
(घटना सुरु भयो – जुन कुरा केन्द्रिय समितिमा राखेको थिएँ ।)