गण्डकी प्रदेश

आँबुखैरेनी–गोरखा सडकमा यात्रुबस दुर्घटना

१४ मंसिर, काठमाडौं । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुवाहक बस आइतबार दिउँसो दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार ना ४ ख १४१९ नम्बरको बस आँबुखैरेनी–गोरखा सडकखण्डको १२ किलो भन्ने स्थानमा रोकेको अवस्थामा अचानक तलतिर गुडेर खसेको हो।

बस रोकेको स्थानबाटै केही मिटर तल झर्दा करिब २० जना यात्रु सवार रहेको बसमा साना घाइतेहरूको संख्या बढी रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये एक जनालाई उपचारका लागि चितवन लगिएको छ भने बाँकीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।