अपराध

बेलायमा बलात्कारको आरोपमा एक नेपालीलाई २५ वर्ष जेल

१६ मंसिर, काठमाडौं । बेलायतमा एक नेपालीलाई बलात्कार गरेको आरोपमा २५ वर्ष जेल सजाए भएको छ । त्योसँगै उनलाई अथ ८ वर्ष कडा निगरानीमा समेत रािखने बेलकाको अदालतले फैसाला गरेको छ ।

बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाल विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा अपराधमा अदालतले दोषी ठहर गरेको हो ।


१३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको जनाइएको छ । उनले ८ वर्ष उमेरकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर अदालतले गरेको छ ।