२२ मंसिर, काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र अभियन्ता दुर्गा प्रसाईंबीच आज औपचारिक भेटवार्ता सुरु भएको छ। प्रसाईं नेतृत्वको नागरिक बचाउ दलले अघि सारेका २७ बुँदे मागबारे प्रधानमन्त्री कार्की तथा गृहमन्त्री ओमप्रकाश अर्यालसँग विस्तृत छलफल चलिरहेको छ।
प्रसाईं समूहका १९ प्रतिनिधि सहभागी रहेको वार्तामा संविधान परिवर्तन, प्रत्यक्ष कार्यकारी प्रमुख प्रणाली, हिन्दु राष्ट्र पुनर्स्थापना जस्ता माग मुख्य एजेन्डा बनेका छन्।
गत मंसिर ६ मा सरकारलाई बुझाइएका माग कार्यान्वयन नभएको भन्दै प्रसाईंले असन्तुष्टि व्यक्त गरेका छन् भने सरकारले यस्ता विषय निर्वाचन प्रक्रियामार्फत सम्बोधन गर्न सकिने धारणा दोहोर्याएको छ।
वार्ताले वर्तमान राजनीतिक तनाबमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।





