समाचार

अख्तियारका दुई सहसचिव सचिवमा पदोन्नति

२३ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत दुई सहसचिव सचिवमा बढुवा भएका छन्। सहसचिव पुष्कर सापकोटा र राजेन्द्रकुमार पौडेललाई सरकारले सचिव पदमा पदोन्नति गरेको हो।

सापकोटा कानुनतर्फका सचिवका रूपमा बढुवा भएका छन्। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी) मा पदस्थापन भएका छन्।

प्रशासनतर्फका सचिवमा बढुवा भएका पौडेललाई भने कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने तयारी सरकारले गरेको स्रोतले जनाएको छ।

दुवै अधिकारीको बढुवालाई अख्तियार भित्रका महत्वपूर्ण प्रशासनिक परिवर्तनका रूपमा हेरिएको छ।