मौसम

आज देशभर सफा मौसम, हिमाली क्षेत्रमा मात्र आंशिक बदली

२६ मंसिर, काठमाडौँ । देशभर अहिले कुनै प्रमुख मौसमी प्रणाली सक्रिय नभएपछि अधिकांश स्थानमा मौसम स्थिर र सफा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली रहेको छ, तर अन्य भूभागमा आकाश खुला छ।

दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तर, देशका अन्य प्रदेशमा मौसम सामान्यदेखि सफा रहने महाशाखाले जनाएको छ।

राति पनि देशभरै आकाश खुला रहने पूर्वानुमान रहेको छ। हाल स्थिर अवस्थामा रहेको मौसमले जनजीवनमा कुनै विशेष प्रभाव नपर्ने महाशाखाले जानकारी दिएको छ।