२६ मंसिर, काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असइ) पदमा भर्ना खुलाएको छ।
मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा तथा भर्ना छनोट शाखाका अनुसार जनपद प्रहरी समूहतर्फ २१ इन्सपेक्टर र ४३८ असइ रिक्त पदमा उम्मेदवारहरूबाट आवेदन माग गरिएको छ।
इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि नेपाल प्रहरीको वेबसाइटमा गएर करियर सेक्सनमा रहेको Online Application मार्फत सिधै दर्खास्त दिन सकिन्छ।






