पर्यटन/संस्कृति

पर्यटन मन्त्रालय सिन्हालाई

२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कानुनमन्त्री अनिलकुमार सिन्हालाई दिन लागेकी छन्। शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारसँगै केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर हुने भएको हो।

प्रधानमन्त्री कार्की आफैंले सम्हाल्दै आएको पर्यटन मन्त्रालय अब सिन्हाले सम्हाल्नेछन् भने सिन्हाले हेरिरहेको भूमि मन्त्रालय कुमार इङ्नामलाई दिइनेछ। यससँगै सिन्हाले उद्योग, कानुन र पर्यटन तीन वटा मन्त्रालयको नेतृत्व गर्नेछन्।

आज दिउँसो ३ बजे शपथ लिने नयाँ मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्। श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी तोकिएको स्रोतले जनाएको छ।