समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ शान्ति सैनिकको अदलीबदली

२९ मंसिर, काठमाडौं । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ लाइट इन्फेन्ट्री बटालियन अन्तर्गत यूद्धभैरव गणबाट खटिएको तेस्रो डफ्फालाई गोरखनाथ गणको चौथो डफ्फाले बदली गरेको हो ।

???

गोरखनाथ गणको चौथो डफ्फाका १७५ शान्ति सैनिकको पहिलो टोली २८ मंसिरमा मिसनका लागि इलाका प्रस्थान गरेको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

यो मिसनमा आफ्नो कार्यकाल सकेर २२५ शान्ति सैनिकहरू  २८ मंसिरमै स्वदेश फिर्ता भएका छन् । हालसम्म उक्त मिसनमा नेपाली सेनाका १ हजार २८९ शान्ति सैनिकहरु कार्यरत छन् ।