बाग्मती

अनुभव, संघर्ष र परिणामको पक्षमा मतदान गर्न लीलानाथ श्रेष्ठको अपिल

२९ मँसिर, काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत खुल्ला तर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार लीलानाथ श्रेष्ठले पार्टी प्रतिनिधिहरूलाई संगठन र आन्दोलनबाट खारिएको नेतृत्वलाई साथ दिन अपिल गरेका छन्।

मनोनयन प्रक्रिया सम्पन्न भएसँगै श्रेष्ठले भने, “म व्यक्तिगत महत्वाकांक्षाका लागि होइन, एमालेको भविष्य सुरक्षित र सुदृढ बनाउन उम्मेदवार बनेको हुँ। तीन दशकभन्दा बढी समय पार्टीका हरेक तहमा काम गर्दा आर्जेको अनुभव आज केन्द्रीय कमिटीमा आवश्यक छ।”

विद्यार्थी आन्दोलन, जेल जीवन, जिल्ला नेतृत्व, केन्द्रिय राजनीति, संसद् र सरकारसम्मको जिम्मेवारी सम्हालेका श्रेष्ठले संगठनभित्र अनुशासन, स्पष्ट नीति र कार्यकर्ताको सम्मानलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्।

श्रेष्ठले केन्द्रीय कमिटीमा निर्वाचित भएमा
✔ संगठन मजबुतीकरण
✔ कार्यकर्ताको हक–हितको संरक्षण
✔ कानुनी र नीतिगत स्पष्टता
✔ संघीय संरचनामा पार्टीको प्रभावकारी भूमिका
लाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

“आज एमाले अनुभव र निष्ठाको परीक्षा दिने मोडमा छ,” श्रेष्ठले थपे, “भोलिको मतदानमार्फत अनुभवी नेतृत्वलाई जिताएर पार्टीलाई अझ बलियो बनाऔँ।”

महाधिवेशनको निर्णायक घडीमा लीलानाथ श्रेष्ठलाई प्रतिनिधिहरूले भरोसायोग्य, परिणाम दिने र पार्टीप्रति समर्पित नेताका रूपमा लिँदै समर्थन जनाइरहेका छन्।