समाचार

एमाले ११ औं महाधिवेशन मतगणना अपडेट: ओली ८४३, पोखरेल २९६

३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगका अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ ।

अध्यक्षका उम्मेदवार ओलीले ८४३ मत प्राप्त गर्दा ईश्वर पोखरेलले २९६ मत पाएका छन् ।