३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । बुधबार सुरु भएको मतदान बिहीबार बिहान सकिएपछि मतगणना थालिएको हो । केन्द्रीय निर्वाचन आयोगले केही घण्टाभित्र अन्तिम नतिजा आउने जनाएको छ ।
अहिलेसम्मको परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायम छ । अध्यक्षमा ओलीले ८४३ मत ल्याउँदा ईश्वर पोखरेलले २९६ मत पाएका छन् । महासचिवमा शंकर पोखरेल ६१३ मतसहित अगाडि छन् भने सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा समेत ओली प्यानलका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन् ।





