३ पुस, काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।
लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश भट्टराईले १३४८ मत प्राप्त गरेका छन् । भट्ट र महासेठ ओली प्यानलका उम्मेदवार हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।
अन्य उम्मेदवारको मत क्रमशः विष्णुप्रसाद रिमाल १०९१, आनन्दप्रसाद पोख्रेल ६३५, वैजनाथ चौधरी ५१७ र राजेन्द्रप्रसाद गौतम २७० रहेको छ ।





