समाचार

‘हनी ट्र्याप’ हत्यामा तीनजनालाई जन्मकैद

१५ पुस, काभ्रेपलाञ्चोक । काठमाडौं कीर्तिपुर–५ का ५० वर्षीय विनोद खड्गीको हनी ट्र्यापमा पारेर हत्या गरेको अभियोगमा तीन जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

मुख्य अभियुक्त मनिषा महत, आशिष पासवान र प्रतीक गौतमलाई जन्मकैद र जनही २–२ लाख रुपैयाँ जरिवाना तोकिएको छ। रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले भने सफाइ पाएका छन्।

प्रहरीका अनुसार अभियुक्तहरूले खड्गीलाई २०८१ असोज ५ गते अपहरण गरी फिरौती लिँदा हत्या गरेका थिए। घटनामा फरार रहेका अंशु खान र शिवम सिं राजपुतलाई अनुसन्धान जारी छ।