१६ पुस, काठमाडौं । रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड २४ घण्टा बन्द भएपछि बुधबार बिहान दुईतर्फी खुल्यो।
मंगलबार ग्यास बुलेट पल्टिएर राजमार्ग अवरुद्ध भएको थियो। क्रेनको सहायताले बुलेट किनारमा सराएपछि सडक सफा गरी सवारीसाधन सञ्चालनमा फर्काइएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ।





