२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार डा. अरनिको पाँडेले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिएका छन्। यससँगै समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको संख्या छ पुगेको छ।
डा. पाँडेले फेसबुकमा लेखेका छन् कि “पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा बाँकी रहिरहने औचित्य नदेखी मैले मेरो नाम हटाउने निर्णय केन्द्रीय समितिलाई जानकारी गराएँ।”
यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले पनि उम्मेदवारी फिर्ता लिएका थिए।





