समाचार

कांग्रेस कार्यवाहक सभापतिको पत्रकार सम्मेलन स्थगित

२५ पुस, काठमाडौं – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज हुने भनिएको पत्रकार सम्मेलन अचानक स्थगित गरेका छन्।

विशेष महाधिवेशनको विषयमा पार्टी भित्र विवाद उत्कर्षमा पुगेको बेला आयोजना हुने पत्रकार सम्मेलन पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियामा जानकारी दिएका थिए। तर पछि सो सम्मेलन स्थगित भएको सूचना समेत जारी गरियो।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो।