समाचार

आज दिउँसो १ बजे बस्ने गरी सर्‍यो कांग्रेस केन्द्रीय कार्य समिति बैठक

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ। यसअघि बिहान ११ बजेका लागि डाकिएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ। तर विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरूले बैठकमा सहभागी नहुने जनाएका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ। विवाद समाधानका लागि बालुवाटारमा दुवै पक्षबीच वार्ता जारी छ।