१४ माघ, काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको यात्रुवाहक विमान मौसम प्रतिकूलताका कारण बनारस डाइभर्ट गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ९ः५० बजे काठमाडौंमा अवतरण गर्नुपर्ने उक्त विमान कमजोर भिजिबिलिटीका कारण अवतरण गर्न नसकेपछि बनारसतर्फ मोडिएको हो। आज बिहानैदेखि काठमाडौं उपत्यकामा कुहिरो लाग्दा भिजिबिलिटी अत्यन्त कमजोर रहेको थियो।
विमानस्थल कार्यालयले जानकारी दिएअनुसार हाल काठमाडौंको मौसममा सुधार आएको छ र उडान तथा अवतरण प्रक्रिया सामान्य रूपमा सञ्चालन भइरहेको छ। यद्यपि, केही समयको अवरोधका कारण अहिले विमानस्थलमा उडान चाप भने बढेको छ।
डाइभर्ट गरिएको एयर इन्डियाको विमानसमेत हाल काठमाडौं अवतरणको तयारीमा रहेको विमानस्थल कार्यालयले जनाएको छ।





