२५ माघ, काठमाडौँ । सेयर बजारमा आज हाइड्रोपावर कम्पनीहरू लगानीकर्ताका लागि आकर्षण बनेका छन् । आजको कारोबारमा सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भएको छ । मूल्य वृद्धिसँगै सो कम्पनीको सेयरमा आज सबैभन्दा धेरै कारोबार पनि भएको छ ।
सुपर मादीसँगै रिडी पावर कम्पनी, खानीखोला हाइड्रोपावर र हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि उल्लेख्य आम्दानी गरेका छन् । यी कम्पनीहरूको सेयर मूल्य बढ्दा समग्र हाइड्रो समूह सकारात्मक देखिएको छ ।
आजको बजारमा हाइड्रोपावर कम्पनीहरू हावी हुँदा बैंकिङ तथा अन्य केही समूहका सेयरमा भने दबाब देखिएको छ ।
तर, अर्कोतर्फ कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८.९१ प्रतिशतले घटेको छ । त्यसैगरी कर्पोरेट विकास बैंक र नारायणी विकास बैंक लगायत केही धितोपत्रको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ ।





