२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार रहेका ओलीले बिहान बालकोटमै पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। तर उनी उम्मेदवार रहेको क्षेत्र झापा–५ भएकाले उनले भने आफूलाई मतदान गर्न भने पाएनन्।
निर्वाचनका क्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्र पुगिरहेका छन्।





