समाचार

बर्दिया- १ मा रास्वपाका ठाकुर सिंह थारु ३४ हजार ९८८ मतान्तरले विजयी

२४ फागुन, काठमाडौं । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार ठाकुर सिंह थारुले ४९ हजार ६३१ मत प्राप्त गरेका छन् भने एमालेका अधिकारीले १४ हजार ६४३ मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सन्जयकुमार गौतमले १२ हजार ७२२ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी नेपालका अब्दुल खानले ५ हजार ७२४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विरबहादुर कामीले १ हजार ३४४ मत पाएका छन् ।