२८ फागुन, धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।
कञ्चनपुर जिल्ला अन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा पूर्व–पश्चिम राजमार्ग मा से १ च १४०५ नम्बरको जिप र म २ प ३५०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक र मोटरसाइकलको पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक टेकबहादुर जोरा ले जानकारी दिए।
मृतक दुवै जनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल मा राखिएको प्रहरीले जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।





