समाचार

अर्थविद केशव आचार्यको निधनमा आचार्य समाजको समबेदना

९ चैत, काठमाडौं । आचार्य समाजले अर्थविद केशव आचार्यको निधना समममबेदना प्रकट गरेको छ । आज बिहान ९.५५ बजे निधन हुनुभएका केशव आचाार्य आचार्य समाजको पुर्व उपाध्यक्ष तथा मुलुकको लागि अपुरणीय योगदान भएको ब्यक्ती भएको समाजले भनेको छ ।
मिष्तष्कघातका कारण आज न्युरो अस्पतालमा निधन हुनुभएका आचार्यको मंगलबार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । साजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले एक विज्ञप्ती प्रकाशित गर्दै भनेका छन्ः

हार्दिक श्रद्धान्जली !!!

आचार्य बन्धु समाज नेपालका पुर्व उपाध्यक्ष, बिशिष्ठ सदस्य एबम् अर्थविद केशव आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षती पुगेको छ ।
काठमाडौंको चावाहील गणेशथान निवासी केशव आचार्यको निधनमा आचार्य समाज केन्द्रीय समिति शोक सन्तब्द परिवारप्रति धैर्यधारण गर्ने शक्ती भगवान पशुपतिनाथले दिउन् भन्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । जय कौण्डिन्य ।

बाबुराम आचार्य
अध्यक्ष

तथा
आचार्य बन्धु समाज नेपाल
केन्द्रीय समिति